You are viewing the translated version of पक्राउ गर्न सक्ने.

Section 40
पक्राउ गर्न सक्ने
(१) दफा ३६ वा ३९ बमोजिम तलासी लिँदा कुनै व्यक्तिले यस ऐन अन्तर्गतको कसूर गरेको देखिन आएमा त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नुपर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूत नष्ट गर्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा फेला परेमा भन्सार अधिकृत वा निजबाट अधिकार प्राप्त भन्सार कार्यालयका अन्य कर्मचारीले त्यस्तो व्यक्तिलाई: जुनसुकै ठाउ“मा पक्राउ गर्न वा गर्न लगाउन सक्नेछ ।